मुख देख्दा माया लाग्छ………

मुख देख्दा माया लाग्छ
बानी देख्दा साह्रै उदेक लाग्छ
मुख देख्दा माया लाग्छ
बानी देख्दा साह्रै उदेक लाग्छ
मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार
देख्दाखेरि मलाई दिक्क लाग्छ
देख्दाखेरि मलाई दिक्क लाग्छ
मुख देख्दा माया लाग्छ

अरू बाचा खान छोडिदेऊ
जे भन्नु छ साफ सामु आई भनिदेऊ
अरू बाचा खान छोडिदेऊ
जे भन्नु छ साफ सामु आई भनिदेऊ
यो छातीको मर्म अचानोले बुझ्छ
यो छातीको मर्म अचानोले बुझ्छ
कि त लहरलाई झेल्ने किनाराले बुझ्छ
मुख देख्दा माया लाग्छ
बानी देख्दा साह्रै उदेक लाग्छ
मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार
देख्दाखेरि मलाई दिक्क लाग्छ
देख्दाखेरि मलाई दिक्क लाग्छ
मुख देख्दा माया लाग्छ

मानेँ हजुर तिमी कम छैनौ
तर तिमी मात्रै यो संसारमा छैनौ
मानेँ हजुर तिमी कम छैनौ
तर तिमी मात्रै यो संसारमा छैनौ
यो सृष्टिको रीत हो, हरेक फूल झर्छ
यो सृष्टिको रीत हो, हरेक फूल झर्छ
तिमी पनि झर्छौ, तिमी भिन्दै हैनौ
मुख देख्दा माया लाग्छ
बानी देख्दा साह्रै उदेक लाग्छ
मान्छे एउटै तर दुई अनुहार
मान्छे एउटै तर दुई अनुहार
देख्दाखेरि मलाई दिक्क लाग्छ
देख्दाखेरि मलाई दिक्क लाग्छ
मुख देख्दा माया लाग्छ

शब्द/संगीतः दिपक जंगम
स्वरः प्रेमध्वज प्रधान

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, भाद्र २८, २०८३
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
Archives
Categories
Recent Posts
तिम्रो आँखाको…..
आईतवार, भाद्र २८, २०८३
फुल्छन् जसै…….
आईतवार, भाद्र २८, २०८३
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
error: Content is protected !!