मिर्मिरे बिहानीमा झस्केर उठेछु
गए राति सपनीमा यो गीत गाएछु
मिर्मिरे बिहानीमा
हामी दुई मिलेर हिमालचुली पुगौँला
हातेमालो गरेर सँगै वस्तु खेलौँला
स्वर्गको टुक्रा धर्तीमै झरेर सँगै बसौँला
चन्द्रमाको जूनले गोरेटोलाई कुटौँला
मिर्मिरे बिहानीमा
रिमझिमे पानीमा जुनकिरीको साथमा
झ्याउँकिरीको स्वरमा एक स्वरले गाउँला
मीठो पिठो भेटेको मिलिजुली खाउँला
सङ्लो पानी हिमालको सँगै बसी पिउँला
मिर्मिरे बिहानीमा झस्केर उठेछु
गए राति सपनीमा यो गीत गाएछु
मिर्मिरे बिहानीमा
शब्दः म. बि. बि. शाह
संगीत/स्वरः नातिकाजी