मेरो यो तनलाई………

मेरो यो तनलाई चन्चल बनाई
कमलो मनलाई पलपल सताई
मायालु पर नजानु तिमी
ढुक्ढुकीको यो बिन्ती सुनी
मेरो यो तनलाई चन्चल बनाई
कमलो मनलाई पलपल सताई
मायालु पर नजानु तिमी
ढुक्ढुकीको यो बिन्ती सुनी

सरर सरर यो शीतल बतास
फरर फरर यो हाँस्न सुवास
सरर सरर यो शीतल बतास
फरर फरर यो हाँस्न सुवास
नशिलो मौसम, उजेली यो रात
मायालु नजाऊ छोडेर साथ
हाँसेर यो मनलाई भाँची
मेरो यो तनलाई चन्चल बनाई
कमलो मनलाई पलपल सताई
मायालु पर नजानु तिमी
ढुक्ढुकीको यो बिन्ती सुनी

धर्तीको रागमा झुम्छ आकाश
पर्खिरहेछु म जगाई आश
धर्तीको रागमा झुम्छ आकाश
पर्खिरहेछु म जगाई आश
आँखा आँखामा झल्किन्छ मात
मायालु आऊ मेटौँ यो प्यास
राखेर यो जूनलाई साक्षी
मेरो यो तनलाई चन्चल बनाई
कमलो मनलाई पलपल सताई
मायालु पर नजानु तिमी
ढुक्ढुकीको यो बिन्ती सुनी

शब्दः रत्न शम्शेर थापा
संगीतः अम्बर गुरूङ
स्वरः सुक्मित गुरूङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!