मेरो याद अझै आउँछ भने
एकान्तमा सधैँ सताउँछ भने
सम्झिदिनु मायालु व्यथा भनेर
बिर्सिदिनु विषालु कथा सम्झेर
मेरो याद अझै आउँछ भने
अतीतले मुटुमा कति रुवाउँदो हो?
आँशु बनी मनलाई कति रुझाउँदो हो?
दोष म तिमीलाई दिन्न, तिमी मलाई नदिनु
बिछोड भो त के भो? आफूलाई सम्हाल्नु
मेरो याद अझै आउँछ भने
गल्ती न मेरो हो न त तिम्रै थियो
समयले हाम्रो मिलनलाई छेकिदियो
नठान्नु मैले मात्रै तिमीलाई बिर्सिदिएँ
रुवाएर तिमीलाई आफै हाँसिदिएँ
मेरो याद अझै आउँछ भने
एकान्तमा सधैँ सताउँछ भने
सम्झिदिनु मायालु व्यथा भनेर
बिर्सिदिनु विषालु कथा सम्झेर
मेरो याद अझै आउँछ भने
आउँछ भने
आउँछ भने
आउँछ भने
शब्दः सुरेन्द्र राणा
संगीतः राम थापा
स्वरः ओम विक्रम विष्ट