मेरो सृजनाको संसारमा
सम्मान अरू कसैको
तिरस्कार मेरो, तिरस्कार मेरो
मैले जितेका प्रतियोगितामा
न त मान मेरो न त नाम मेरो
न त पुरस्कार मेरो, न त पुरस्कार मेरो
स्याहार सुसार प्रेमले मैले उमारेको
बोटका फूलहरू अरूको, केवल पात मेरो
मेरो प्रेमको संसारमा माया अरू कसैको
प्रीति अरूको, केवल घात मेरो, केवल घात मेरो
पाताल होस् वा स्वर्ग नै मैले पाएको पर्यावरणमा
हावा पानी अरूको, केवल ढंग मेरो
मेरो जीवनको कथाभरि
जीवनका सम्पूर्ण मिठासहरू कसैको,
केवल तरङ्ग मेरो, केवल तरङ्ग मेरो
मेरो सृजनाको संसारमा
सम्मान अरू कसैको
तिरस्कार मेरो, तिरस्कार मेरो
शब्दः नीर शाह
संगीतः सि. के. रसाईली
स्वरः रबिन शर्मा