मेरो सानो मुरलीमा…….

मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाका राखूँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअट्ला
तर मेरो दश औँलीले देशै ढाकूँ भन्छ
मेरो सानो मुरलीमा

सुनाखरी फुलूँ भन्छ, सुनगाभा फुलूँ भन्छ
सुनाखरी फुलूँ भन्छ, सुनगाभा फुलूँ भन्छ
गुराँसको जोवन मेरो लालुपाते हाँसूँ भन्छ
गुराँसको जोवन मेरो लालुपाते हाँसूँ भन्छ
वेणी र त्रिवेणी देशैसँग मिलूँ भन्छ
मेरो सानो मुरलीमा

बादलुले उडूँ भन्छ पखेरामा गुडूँ भन्छ
बादलुले उडूँ भन्छ पखेरामा गुडूँ भन्छ
आकाशले अडूँ भन्दा पर्वतले बढूँ भन्छ
आकाशले अडूँ भन्दा पर्वतले बढूँ भन्छ
डाँफेचरी माथिमाथि हिमालैमा चढूँ भन्छ
हिमालैमा चढूँ भन्छ, चढूँ भन्छ
मेरो सानो मुरलीमा मेरो देश नअट्ला
तर मेरो मुरलीले भाका राखूँ भन्छ
मेरो सानो मुटुभित्र मेरो देश नअट्ला
तर मेरो दश औँलीले देशै ढाकूँ भन्छ
मेरो सानो मुरलीमा

शब्दः मन्जुल
सङ्गीतः कर्म योञ्जन
स्वरः कुमार सुब्बा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!