मेरो रात पनि म जस्तै तड्पिरहेछ
रात प्रभातको प्रतीक्षाले
म तिमीलाई भेट्ने छाडेँ
रात प्रभातको प्रतीक्षाले
म तिमीलाई भेट्ने छाडेँ
मेरो रात पनि म जस्तै
प्रभातको किरणले धर्ती कहिले भिजाउने होला
प्रभातको किरणले धर्ती कहिले भिजाउने होला
तिमीसँग भेट हुने
तिमीसँग भेट हुने त्यो भोलि कहिले होला
मेरो रात पनि मजस्तै
रातलाई रात काट्न चाँदनीले साथ दिएको छ
रातलाई रात काट्न चाँदनीले साथ दिएको छ
कसरी म रात काटुँ
कसरी म रात काटुँ मलाई मौनताले पोलिरहेछ
मेरो रात पनि म जस्तै
शब्दः नीर शाह
सङ्गीतः सि. के. रसाइली
स्वरः रत्ना सिंह