मेरो पापहरूलाई माया छ……..

मेरो पापहरूलाई माया छ
मेरो भुलहरूलाई माया छ
केही भुलहरूले कोर्ने मेरो कथाको
अक्षर अक्षरलाई माया छ
मेरो पापहरूलाई माया छ

बिरानीमा छन् भँडास मैले पापहरूलाई डोऱ्याई दिएँ
भुलहरूमा झन् भुलेर मैले शस्त्रको आँखाले छोपिदिएँ
म अन्धोलाई अँध्यारै प्यारो उज्यालोले आँखै छेल्यो
यस्तै मेरो बानीहरूलाई माया छ
मेरो पापहरूलाई माया छ

भुलहरूको आडमा मैले कति पीरहरूलाई भुलाई दिएँ
विपनाको साथलाई मैले सपना सम्झेर भुलाउन खोजेँ
तर सत्य अटल रहेछ मेरो जीवन भड्किसकेछ
अब मेरो यस्तै जीवनलाई माया छ
मेरो पापहरूलाई माया छ

शब्द/सङ्गीतः शरण प्रधान
स्वरः अरूणा लामा

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
शनिबार, कार्तिक १, २०८३
सम्झेर मैले के गरूँ?……..
Archives
Categories
Recent Posts
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!