मेरो पापहरूलाई माया छ
मेरो भुलहरूलाई माया छ
केही भुलहरूले कोर्ने मेरो कथाको
अक्षर अक्षरलाई माया छ
मेरो पापहरूलाई माया छ
बिरानीमा छन् भँडास मैले पापहरूलाई डोऱ्याई दिएँ
भुलहरूमा झन् भुलेर मैले शस्त्रको आँखाले छोपिदिएँ
म अन्धोलाई अँध्यारै प्यारो उज्यालोले आँखै छेल्यो
यस्तै मेरो बानीहरूलाई माया छ
मेरो पापहरूलाई माया छ
भुलहरूको आडमा मैले कति पीरहरूलाई भुलाई दिएँ
विपनाको साथलाई मैले सपना सम्झेर भुलाउन खोजेँ
तर सत्य अटल रहेछ मेरो जीवन भड्किसकेछ
अब मेरो यस्तै जीवनलाई माया छ
मेरो पापहरूलाई माया छ
शब्द/सङ्गीतः शरण प्रधान
स्वरः अरूणा लामा