मेरो माया……….

मेरो माया, मेरो प्रीति खुशीको मुहान हैन
म यस्तो रातमा छु जसको अन्त्य बिहानी हैन
मेरो माया, मेरो प्रीति

वसन्तले मेरो मनको फूल ओइलाइ दिन्छ
वसन्तले मेरो मनको फूल ओइलाइ दिन्छ
जून पनि आगो बनि मेरो तनमा छाइदिन्छ
जून पनि आगो बनि मेरो तनमा छाइदिन्छ
मेरो माया, मेरो प्रीति खुशीको मुहान हैन
म यस्तो रातमा छु जसको अन्त्य बिहानी हैन
मेरो माया, मेरो प्रीति

पाइलाभरि शीतको थोपा काँडा बनि बिझाइ दिन्छ
पाइलाभरि शीतको थोपा काँडा बनि बिझाइ दिन्छ
व्यथा मेरो आँशु बनि जिन्दगी भिजाइ दिन्छ
व्यथा मेरो आँशु बनि जिन्दगी भिजाइ दिन्छ
मेरो माया, मेरो प्रीति खुशीको मुहान हैन
म यस्तो रातमा छु जसको अन्त्य बिहानी हैन
मेरो माया, मेरो प्रीति

शब्दः राममान तृषित
संगीतः नातिकाजी
स्वरः तारा देवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
आईतवार, चैत्र २२, २०८२
प्यारो प्यारो सपना मेरो……..
बुधबार, चैत्र ११, २०८२
ए आमा म रुँदा रुँदै………
शुक्रबार, चैत्र ६, २०८२
आधी राति सपनीमा……..
बिहीबार, चैत्र ५, २०८२
फूलहरू ओइली झरे…….
बुधबार, चैत्र ४, २०८२
जिन्दगी यो दोभानको………
मंगलवार, चैत्र ३, २०८२
दोबाटोमा मायालाई ……..
Archives
Categories
Recent Posts
प्यारो प्यारो सपना मेरो……..
आईतवार, चैत्र २२, २०८२
ए आमा म रुँदा रुँदै………
बुधबार, चैत्र ११, २०८२
आधी राति सपनीमा……..
शुक्रबार, चैत्र ६, २०८२
error: Content is protected !!