मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
एक्लै भए विरह लाग्छ
एक बाजी नसम्झी हुँदैन
साँझपख उदास लाग्छ
साँझपख उदास लाग्छ
माया मात्र बहेर पुग्दैन
मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
जति तिमी बिलौना गर
आँशु अब ओठमा हुँदैन
आँशु तिमी बसेर झार
आँशु तिमी बसेर झार
मोति ठानी कसैले छुँदैन
मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
जब आफै रिसाइ बस्छौ
तनलाई सन्तोष हुँदैन
प्रीति फेरि नपाई बस्छौ
प्रीति फेरि नपाई बस्छौ
मन मेरो बेहोश हुँदैन
मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
मेरो माया सधैँ नै रिसाउने
भन अब कसरी हँसाउने
शब्दः रविन्द्र शाह
सङ्गीतः मोहन कुमार
स्वरः गङ्गा मल्ल