मेरो जिन्दगी त्यो रात हो जहाँ जून तारा डुबिसक्यो
मरूभूमिका ती बाटिका जहाँ फूलहरू सुकिसक्यो
मेरो जिन्दगी
झरनाका ती वेदनाहरू बालुवामुनि पुरिसक्यो
झरनाका ती वेदनाहरू बालुवामुनि पुरिसक्यो
मुटुका ती फूलझडीहरू
मुटुका ती फूलझडीहरू जहाँ ज्वाला भएर जलिसक्यो
मेरो जिन्दगी त्यो रात हो जहाँ जून तारा डुबिसक्यो
मेरो जिन्दगी
प्रदीपहरू मायाका जल्दो चिताको शोला भए
प्रदीपहरू मायाका जल्दो चिताको शोला भए
मेरा प्यारका सपनाहरू
मेरा प्यारका सपनाहरू जहाँ कङ्काल भएर नाचिरहे
मेरो जिन्दगी त्यो रात हो जहाँ जून तारा डुबिसक्यो
मेरो जिन्दगी
शब्दः पुरूषोत्तम प्रधान
संगीतः कर्म योञ्जन
स्वरः कुमार सुब्बा