मेरो हाल नसोध्नु, म सधै झै बेहाल छु
मेरो खबर नखोज्नु, म सबैदेखि टाखा छु
मेरो हाल नसोध्नु, म सधै झै बेहाल छु
मेरो खबर नखोज्नु, म सबैदेखि टाखा छु
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
मेरो हाल नसोध्नु, म सधै झै बेहाल छु
थोरे आँशुमा डुब्दैन चुर्लुम्म जिन्दगी
दुई चार घाउ अझै लेख्नु मेरो नाममा
थोरे आँशुमा डुब्दैन चुर्लुम्म जिन्दगी
दुई चार घाउ अझै लेख्नु मेरो नाममा
मेरो चिनारी नखोज्नु म आफैदेखि हराउँदै छु
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
मेरो हाल नसोध्नु, म सधै झै बेहाल छु
सल्किएर पनि म खरानी भइनँ
अझै आगो लगाउनु मेरो घरमा
सल्किएर पनि म खरानी भइनँ
अझै आगो लगाउनु मेरो घरमा
मेरो ठाउँ नखोज्नु, म पहिरोमा उमिएको छु
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
म त्यहीँ छु
म त्यहीँ छु जहाँ सन्चो सुविधा सोधिन्न
शब्द: केवल चन्द्र लामा
संगीत: उदय सोताङ
स्वर: उदय सोताङ, मनिला सोताङ