मेरो गीत सबै तिमीलाई
गीतभरिका प्रीत पनि
सम्झनाका सबै तीता मीठा कुरा
यादभरि जति छन् सबै तिमीलाई
मेरो गीत सबै तिमीलाई
आदर्श बनि बाँचिदिने प्रीति कहिले मर्दैन
यहाँ जिउनेहरू थाकिदिन्छन् तर प्रीत कहिले थाक्दैन
आदर्श बनि बाँचिदिने प्रीति कहिले मर्दैन
यहाँ जिउनेहरू थाकिदिन्छन् तर प्रीत कहिले थाक्दैन
जिउँदै मरिसकेका मान्छेले बुझ्दैनन्
अधुरो प्रीति नै प्रेरणा हो भनि
मेरो गीत सबै तिमीलाई
स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि
अभिशाप बनि जल्नेछ प्रीति सँगै सँगै रहे पनि
स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि
अभिशाप बनि जल्नेछ प्रीति सँगै सँगै रहे पनि
प्रीति लाउने मुटु चोखो र कोमल हुन्छ
जति टाढा भयो त्यति नजिक हुन्छ
मेरो गीत सबै तिमीलाई
गीतभरिका प्रीत पनि
सम्झनाका सबै तीता मीठा कुरा
यादभरि जति छन् सबै तिमीलाई
मेरो गीत सबै तिमीलाई
शब्द/संगीत: दिव्य खालिङ
स्वर: अरूण थापा