मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
बदनाम हुन्छु जब म
तिम्रो नाम चलेको हेर
मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
मैले प्रेम गरेँ त्यो पाप भो
मैले प्रेम गरेँ त्यो पाप भो
तिमीले दियौ सराप यो
म त पात बनेर झर्छु
तिमी फूल फुलेको हेर
बदनाम हुन्छु जब म
तिम्रो नाम चलेको हेर
मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
हुन सक्छ भुल भो मेरो
हुन सक्छ भुल भो मेरो
झुठो कबुल भो मेरो
मलाई छलेको मनले
तिमीलाई छलेको हेर
बदनाम हुन्छु जब म
तिम्रो नाम चलेको हेर
मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
बदनाम हुन्छु जब म
तिम्रो नाम चलेको हेर
मेरो दिल जलेको हेर्यौ
अब लाश जलेको हेर
शब्दः राममान तृषित
सङ्गीतः नरेन्द्र प्यासी
स्वरः योगेश वैद्य