मेरो क्षीतिजमा सूर्य उदाउँदा
हत्केलाले नछेकिदेऊ, नछेकिदेऊ
मैले कोरेका चित्रहरूमा
अरू रङ्ग तिमी नथपिदेऊ, नथपिदेऊ
मेरो
इच्छाहरू कथा रहेछन्
कथा अब नसुनाईदेऊ
इच्छाहरू कथा रहेछन्
कथा अब नसुनाईदेऊ
मायाहरू व्यथा रहेछन्
व्यथा अरू नपोखिदेऊ
मेरो
सागर सबै तिम्रै भए
बगर एउटा मलाई देऊ
सागर सबै तिम्रै भए
बगर एउटा मलाई देऊ
बाँच्नु सबै तिम्रै भए
मृत्यु एउटा मलाई देऊ
मेरो क्षीतिजमा सूर्य उदाउँदा
हत्केलाले नछेकिदेऊ, नछेकिदेऊ
मेरो
शब्दः
संगीतः
स्वरः