मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झदाँ पनि रुवाऊँछ किन
यो मायाले मेरो मायाले
ओठको हाँसो
ओठको हाँसो खोसेर लग्यो पापीले
सम्झना मात्र छोडेर गयो बैगुनीले
हो….बैगुनीले
सम्झना मात्र छोडेर गयो बैगुनीले
मायाले मेरो मायाले
टाढै बसे पनि नसम्झदाँ पनि रुवाउँछ किन
यो मायाले मेरो मायाले
आकाशभरि
आकाशभरिका ती तारा घर फर्किए
मेरो त साथी फर्केन घर फर्किए
हो….फर्किए
मेरो त साथी फर्केन घर फर्किए
मायाले मेरो मायाले टाढै बसे पनि
नसम्झदाँ पनि रुवाउँछ किन
यो मायाले मेरो मायाले
शब्दः म. बि. बि. शाह
संगीत/स्वरः बच्चु कैलाश