माया……..

किन किन तिमी सोच्दा यो संसार रङ्गीन लाग्छ
किन किन तिमी देख्दा मन मेरो रमाउँछ
बादलझैँ उडी तिमीमै म पुगे हुन्थ्यो
पवन बनि तिमीलाई छुन पाए हुन्थ्यो
माया तिमीलाई लाउने
चाहना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा

किन किन तिमी हाँस्दा यो संसार उज्यालो लाग्छ
जब तिमी मलाई हेर्छौ मन मेरो अतालिन्छ
कालो तिम्रो केशमा लुक्न म पाए हुन्थ्यो
तिम्रो हृदयमा फूल बनि म फुले हुन्थ्यो
माया तिमीलाई लाउने
चाहना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा

यो हावा, यो झरी, यो आकाश, यो धर्ती
अझै आकर्षित लाग्यो
यी मायाका पलहरू खुशीका लहरका
अन्त्यै नहोस् भयो

यो हावा, यो झरी, यो आकाश, यो धर्ती
अझै आकर्षित लाग्यो
यी मायाका पलहरू खुशीका लहरका
अन्त्यै नहोस् भयो
माया तिमीलाई लाउने
चाहना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा
यो हृदय तिमीलाई दिने
चाहना तिमीलाई पाउने
मेरो मनमा भावना जाग्यो
मेरो मनमा

शब्दः भाष्कर देवान र सुरेश कुमार
संगीत/स्वरः मन्त्र ब्याण्ड

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!