माया तिमीलाई गरेँ
माया तिमीलाई गरेँ
म चित्त अब कोसित दुखाऊँ
मेरो गुनासो तिमीले नसुने
मेरो गुनासो तिमीले नसुने
यि भित्री कुरा कसलाई बताऊँ
माया तिमीलाई गरेँ
यो विश्वास वा नाता कसरी बढ्यो
बन्धन पनि त अनौठो रह्यो
यो विश्वास वा नाता कसरी बढ्यो
बन्धन पनि त अनौठो रह्यो
हरपल मायामा डुबेर पनि
रिसाउनुको अभिनय निरन्तर रह्यो
माया तिमीलाई गरेँ
माया तिमीलाई गरेँ
यो धड्कन हेर त बेहिसाब बढ्यो
कम्पन मुटुको त्यति नै रह्यो
यो धड्कन हेर त बेहिसाब बढ्यो
कम्पन मुटुको त्यति नै रह्यो
मनलाई उदाङ्ग पारेर पनि
मन छोप्ने प्रसङ्ग रही नै रह्यो
माया तिमीलाई गरेँ
माया तिमीलाई गरेँ
म चित्त अब कोसित दुखाऊँ
मेरो गुनासो तिमीले नसुने
मेरो गुनासो तिमीले नसुने
यि भित्री कुरा कसलाई बताऊँ
माया तिमीलाई गरेँ
शब्दः विश्वम्भर प्याकुरेल
संगीतः शक्ति बल्लभ
स्वरः प्रकाश श्रेष्ठ