माया नमार मायालु
माया नमार मायालु
दिल नतोड मायालु
हो हो हो तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोड मायालु
माया नमार मायालु
हिमालको काखमा लुकामारी खेलेर
हरियाली वनमा गाई भैसी हेरेर
इशाराले हाँसी हाँसी
इशाराले हाँसी हाँसी
आऊ लौ, गाउ लौ हो…. हा….
माया नमार मायालु
प्रभातको लालीमा तिमीलाई च्याउँछ
तिम्रो बोली चोरेर कोयलीले गाउँछ
गीत यो है मीठो मीठो
गीत यो है मीठो मीठो
प्रीतको जीतको हो….हा…..
माया नमार मायालु
माया नमार मायालु
दिल नतोड मायालु
हो हो हो तिम्रो र हाम्रो दिल मिल्यो राम्रो
साथ नछोड मायालु
माया नमार मायालु
शब्दः किरण खरेल
सङ्गीत/स्वरः प्रेमध्वज प्रधान