माया मैले बोलाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन
बादलपारि संसार छ रे मैले त भेटिनँ
बादलपारि संसार छ रे मैले त भेटिनँ
फुलेको यौवन ओइलि नझर्ने ठाउँ नै देखिनँ
संसार यहीँ बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
एउटा सानो फूलको थुंगा हातमा लिउँला
एउटा सानो फूलको थुंगा हातमा लिउँला
तिमीले माने त्यो फूलको थुँगा तिमीलाई दिउँला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्न हुन्छ कि हुँदैन
माया मैले
शब्दः शान्ति शाह
स्वर/सङ्गीतः बच्चु कैलाश