माया लिएर होइन
माया दिएर हेर
अनमोल छ त्यो परन्तु
आँखामै माया हुन्छ
माया लिएर होइन
झल्के पनि ती तारा आकाश अँध्यारै हुन्छ
झल्के पनि ती तारा आकाश अँध्यारै हुन्छ
कुल्चे पनि उज्यालो छर्ने शशी नै हुन्छ
बेहाल उही नै हुन्छ
बेहोर्न सक्छ हाल
मुटु उसैको जल्छ
जो मुटु गार हुन्छ
माया लिेएर होइन
सावनको भेलजस्तै विस्मात हर्ष जीवन
सावनको भेलजस्तै विस्मात हर्ष जीवन
आउँछ जान्छ तर सन्तोषी सुखी हुन्छ
पारखी नै बनेछ माया जो गर्न सक्छ
अनमोल रत्नको मोल गर्नै कठिन हुन्छ
माया लिएर होइन
शब्दः म.बि.बि.शाह
संगीतः नातिकाजी
स्वरः पुष्प नेपाली