माया गर्नु पाप……..

माया गर्नु पाप हो भने पूण्य के हो बुझ्न सकिनँ
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिनँ
माया

सबका आँखा सबका अनुहार निर्दोष जस्ता देखिन्छन्
सबका आँखा सबका अनुहार निर्दोष जस्ता देखिन्छन्
सबका इच्छा सबका समस्या आफ्नै जस्ता देखिन्छन्
सबको आँखा धोका हो भने सत्य के हो बुझ्न सकिनँ
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिनँ
माया

हर मान्छेका आँशुहरू निर्मल हुन्छन् भन्थेँ म
हर मान्छेका आँशुहरू निर्मल हुन्छन् भन्थेँ म
हर मुटुका ढुकढुकीमा ईश्वर बोल्छन् भन्थेँ म
सबको आँशु विष हो भने अमृत के हो बुझ्न सकिनँ
को मानिस हो को राक्षस हो मैले कोही चिन्न सकिनँ
माया

शब्दः किरण खरेल
सङ्गीतः शिव शङ्कर मानन्धर
स्वरः योगेश वैद्य

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!