माया छ हामीलाई माया छ
ज्यानभन्दा देशको माया छ
नेपालीलाई ब्युँझाई राख्ने
राजा र रानीको माया छ
चरीले बोल्छ हिमालमा
नेपालीको यो नेपालमा
घर घर बत्ती बल्दछ
प्रीतिको फूल फुल्दछ
कामना हाम्रो ज्युँदो छ
राजाको आशिष पाएर
कोपिला हामी फुल्दछौ
रानीको माया पाएर
पाएर पाएर
रानीको माया पाएर
कोटीले आज बोल्दछ
हिमाल ओठ खोल्दछ
हजार वर्ष राजालाई
हजार वर्ष रानीलाई
माया छ, माया छ
राजा र रानीको माया छ
शब्द/संगीतः बच्चु कैलाश
स्वरः बच्चु कैलाश र साथीहरू