मौनतामा यो कस्तो कस्तो गुनगुन
गल्ली गल्लीहरूमा रुनझुन
ब्युँझिरहेछ सुस्तरी केवल
चाहना मनमा पलपल
मौनतामा यो कस्तो कस्तो गुनगुन
कलि कलिका भिझ्दा परेली मौसम रून्छ पाखामा
कलि कलिका भिझ्दा परेली मौसम रून्छ पाखामा
प्रीतिको यात्रा जुनेली डुब्दा जीवन भुल्छ छायाँमा
फुटिरहेछ सुस्केरा छिनछिन
खोलासँगै भुलभुल
मौनतामा यो कस्तो कस्तो गुनगुन
बादल रुँदा रिमझिम रिमझिम अतीत घुम्छ आँखामा
बादल रुँदा रिमझिम रिमझिम अतीत घुम्छ आँखामा
एक्लो हुँदा उर्ली उर्ली गीत बग्छ भाखामा
बल्झिरहेछ वेदना झन् झन्
ढुकढुकीमा तुलबुल
मौनतामा यो कस्तो कस्तो गुनगुन
गल्ली गल्लीहरूमा रुनझुन
ब्युँझिरहेछ सुस्तरी केवल
चाहना मनमा पलपल
मौनतामा यो कस्तो कस्तो गुनगुन
शब्दः रत्न शम्शेर थापा
सङ्गीतः शुभ बहादुर सुनाम
स्वरः योगेश वैद्य