मसँग एउटा तारा छ……

मसँग एउटा तारा छ मायाको
यसलाई एउटा आकाश देऊ
मसँग एउटा डुङ्गा छ हृदयको
यसलाई एउटा सागर देऊ
मसँग एउटा तारा छ मायाको

त्यो तारा फुल्ने छ तिम्रो ओठमा
मुस्कानका फूल बनेर
त्यो तारा फुल्ने छ तिम्रो ओठमा
मुस्कानका फूल बनेर
त्यो तारा खेल्ने छ तिम्रो काखमा
मुटुको हाम्रो खेलौना बनेर
मसँग एउटा डुङ्गा छ हृदयको
यसलाई एउटा सागर देऊ
मसँग एउटा तारा छ मायाको

त्यो डुङ्गाले पुर्याउँछ तिमीलाई
तिमीले देखेको सपनासम्म
त्यो डुङ्गाले पुर्याउँछ तिमीलाई
तिमीले देखेको सपनासम्म
त्यो डुङ्गाले लैजान्छ तिमीलाई
तिमीले गरेको कल्पनासम्म
मसँग एउटा तारा छ मायाको
यसलाई एउटा आकाश देऊ
मसँग एउटा डुङ्गा छ हृदयको
यसलाई एउटा सागर देऊ
मसँग एउटा तारा छ मायाको

शब्दः बाशु शशी
संगीतः गणेश रसिक
स्वरः कमला श्रेष्ठ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!