मर्न मन लाग्छ
मर्न मन लाग्छ मायालु
रात सँगै मध्यान्न सँगै
डुब्न मन लाग्छ मायालु
साँझसँगै आकाशसँगै
मर्न मन लाग्छ मायालु
सधैँ चिसो किनारभित्र हिउँद वसन्त साँचिरहेछु
एकान्त जस्तै सधैँ एक्लै मानिसजस्तै बाँचिरहेछु
डढ्न मन लाग्छ मायालु
घामसँगै बालुवासँगै
जल्न मन लाग्छ मायालु
रापसँगै खरानीसँगै
मर्न मन लाग्छ मायालु
हुरी नचल्ने गोरेटोभरि उड्न त्यसै मन गरेछु
मरिसकेको बगरमाथि बग्न त्यसै चाह गरेछु
झर्न मन लाग्छ मायालु
शीतसँगै असिनासँगै
जम्न मन लाग्छ मायालु
हिउँसँगै तुसारोसँगै
मर्न मन लाग्छ मायालु
शब्दः पारिजात
संगीतः
स्वरः