मर्छु र म डुङ्गा बन्छु आउँदा नदी तार्न सकुँ
मर्छु र म सम्झना हुन्छु आउँदा आँशु झार्न सकुँ

मर्छु र म डुङ्गा हुन्छु
व्यथा उसको आफ्नैमा म त खाली मर्म छुन्छु
व्यथा उसको आफ्नैमा म त खाली मर्म छुन्छु
दर्द उसको आफ्नैमा म त खाली पीडा हुन्छु
मर्छु र म डुङ्गा बन्छु
मुटुको ढुक्ढुकी उसकै म त खाली भित्र हुन्छु

हाड छाला मासु उसकै म त खाली चित्र हुन्छु
मर्छु र म डुङ्गा बन्छु
दिल उसको आफ्नै आफ्नै म त खाली आँखा हुन्छु

गीत उसको आफ्नै आफ्नै म त खाली भाखा हुन्छु
मर्छु र म डुङ्गा बन्छु आउँदा नदी तार्न सकुँ
मर्छु र म सम्झना हुन्छु आउँदा आँशु झार्न सकुँ
मर्छु र म डुङ्गा बन्छु
शब्दः मन्जिल
संगीतः आभाष
स्वरः फत्तेमान राजभण्डारी