मनमा माया………

मनमा माया
मनमा माया तनमा माया तैपनि माया खोज्न सकिनँ
खोज्न सकिनँ
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ
रोज्न सकिनँ
मनमा माया

हर जनममा तिमीसँग मिलुँ, हर बाटोमा तिमीसँग डुलुँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलुँ अनि स्वर्ग भुलुँ
हर पाइलामा तिम्रो हात समाऊँ हर हाँसोमा तिम्रो साथ रमाऊँ
मन लाग्छ मलाई तिम्रो सामु रुँदै दिन बिताऊँ अनि रात बिताऊँ
मनमा माया

निर्बल फूलमा वसन्त जाँदा पछ्यौरा समाई सक्दिनँ तान्न
आफ्नो मुटुको ढुकढुकीलाई आफ्नै भनेर पाउँदिनँ मान्न
कति कति कुरा यस्ता हुन्छन्, मन लागे पनि भन्न हुँदैन
कति फूलहरू राम्रा भए पनि,, तिनको माला उन्न हुँदैन
मनमा माया

कस्तो मिलन यो कस्तो खुशी यो रुन नहुने अनि हाँस्न नदिने
हिर्दय पोल्ने यो कस्तो रहस्य खोल्न नहुने अनि बोल्न नदिने
लाग्दछ जीवन नाटकजस्तो अभिनय हामी गरिरहेछौँ
बाँच्ने रहरलाई कुल्चिन खोजी, जिउँदै हामी मरिरहेछौँ
मनमा माया तनमा माया तैपनि माया खोज्न सकिनँ
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ

शब्दः किरण खरेल
सङ्गीतः शिवशङ्कर र चन्द्रराज शर्मा
स्वरः माणिकरत्न र तारादेवी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!