मनको यो तिर्सना नसकिने बिर्सन
जोखिन्न है माया जोखेर
विरह छ छाएको छट्पटीले गाएको
हृदयको पीर बोकेर
कालो कालो बादलु त्यो आकाशमा छायो
न्याउलीले रोइ रोइ डाँडापारि गायो
कालो कालो बादल त्यो आकाशमा छायो
न्याउलीले रोइ रोइ डाँडापारि गायो
ओइलाएको कोपिलालाई वसन्तले छुन्न
कोही छैन मेरो यहाँ सम्झी कोही रुन्न
मनको यो तिर्सना नसकिने बिर्सन
जोखिन्न है माया जोखेर
चौतारीको पिपलुमा छैन आज छायाँ
एक्लै एक्लै बिर्सदिन नपाएरै माया
चौतारीको पिपलुमा छैन आज छायाँ
एक्लै एक्लै बिर्सदिन नपाएरै माया
बैरागीको मन मेरो उड्छ हावासरि
मर्न काल आउँदैन बाँचु कसो गरी
मनको यो तिर्सना नसकिने बिर्सन
जोखिन्न है माया जोखेर
विरह छ छाएको छट्पटीले गाएको
हृदयको पीर बोकेर
शब्दः यादव खरेल
संगीतः नातिकाजी
स्वरः पुष्प नेपाली