मनको कुरा मनैमा राख्छु भन्न त भन्दिनँ
मनको कुरा मनैमा राख्छु भन्न त भन्दिनँ
गर्ने भए गर मलाई माया कर त लाउँदिनँ
मनको कुरा मनैमा राख्छु
एक्लो जोवन साँचेर राख्नु अति नै गाह्रो छ
कसले पो भन्छ खोसेर दिल राख्नु नराम्रो छ
दिएर माया कति दिन सम्म को बाँच्न सक्छ र
दिन बितेपछि दिन नै आउँछ को रोक्न सक्छ र
गर्ने भए गर मलाई माया कर त लाउँदिनँ
मनको कुरा मनैमा राख्छु
कुन चाहिँ फूलमा केस्रा पाउनु भमरा लोभिने
कुन चाहिँ होला पवित्र माया पाउन खोज्दैन
चम्केकै देख्छौ आकाशमा सारा तारा नै नहुँदा
बाँचेकै देख्छौ मानिस कति मायाले नछुँदा
गर्ने भए गर मलाई माया कर त लाउँदिनँ
मनको कुरा मनैमा राख्छु भन्न त भन्दिनँ
मनको कुरा मनैमा राख्छु
शब्दः राम विक्रम सिजापती
सङ्गीत/स्वरः पन्नाकाजी