मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा
मनभित्रै छ कलकल छलछल शीतल गंगा धारा
मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा
बन्द मनभित्र कहाँ फुल्छ कुसुम कली
बन्द मनभित्र कहाँ फुल्छ कुसुम कली
मनमा गन्मै सक्छ जून तारा झिलिमिली
मन सुन्दर त सुन्दर हुन्छ हेर्ने दिशा सारा
को हुन् नजिक को हुन् टाढा सबै प्यारा प्यारा
घाम पानी त्यस्तै न हुन् ऋतु हेरि हेरि
घाम पानी त्यस्तै न हुन् ऋतु हेरि हेरि
दिन रात चल्नै पर्छ मौसम फेरि फेरि
मन सुन्दर त संगीत हुन्छ सुन्ने कुरा सारा
बित्छ रात झुल्किन्छ है बिहानीको तारा
मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा
शब्दः
संगीतः
स्वरः अम्बर गुरूङ