मन लागे जोडिदिन………

मन लागे जोडिदिन, मन नलागे तोडिदिन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन
बालुवाको घरजस्तो हुन्न सस्तो कसैको मन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन

भत्किएर हेर तिमी लथालिङ्ग कस्तो हुन्छ
भत्किएर हेर तिमी लथालिङ्ग कस्तो हुन्छ
आफै टुक्री हेर अझ भताभुङ्ग कस्तो हुन्छ
मन लागे आफ्नो बन्न, मन नलागे अरूको भन्न
मन लागे आफ्नो बन्न, मन नलागे अरूको भन्न
फ्याँकिएको सfमान जस्तो हुन्न सस्तो कसैको मन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन

नीलकाँडा नटेकी त वेदना नै बुझिदैन
नीलकाँडा नटेकी त वेदना नै बुझिदैन
नमरी त आफै हजुर स्वर्ग पनि देखिदैन
मन लागे टिपिदिन, मन नलागे फ्याँकिदिन
मन लागे टिपिदिन, मन नलागे फ्याँकिदिन
वनमा फुल्ने फूलजस्तो हुन्न सस्तो कसैको मन

मन लागे जोडिदिन, मन नलागे तोडिदिन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन
बालुवाको घरजस्तो हुन्न सस्तो कसैको मन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन
मन लागे जोडिदिन, मन नलागे तोडिदिन

शब्दः आनन्द अधिकारी
संगीतः नारायण ओली
स्वरः मनिला सोताङ

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, कार्तिक १३, २०८३
फेवातालको आँगनमा……..
सोमबार, कार्तिक १०, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
धून सजाऊँला…….
बिहीबार, कार्तिक ६, २०८३
बिछोडको पीडा…..
मंगलवार, कार्तिक ४, २०८३
ओभानो सिउँदो मेरो……
Archives
Categories
Recent Posts
फेवातालको आँगनमा……..
बिहीबार, कार्तिक १३, २०८३
केही दिनहरू….
सोमबार, कार्तिक १०, २०८३
मायालु नैनको इशारा……
सोमबार, कार्तिक १०, २०८३
error: Content is protected !!