मन्द मन्द बतास छ मीठो मीठो बास
हामी दुई छौ एकान्त छ जुनेली छ रात
मन्द मन्द बतास छ मीठो मीठो बास
हामी दुई छौ एकान्त छ जुनेली छ रात
आज बिन्ती नगरिस्योस् झगडाको बात
झगडाको बात
पहिलो चोटी आँखा मिल्दा भएथ्यो नि जस्तो
पहिलो चोटी आँखा मिल्दा भएथ्यो नि जस्तो
आज फेरि भइरहेछ मलाई कस्तो कस्तो
पोखिएर जूनको किरण भिज्यो पात पात
हामी दुई छौ एकान्त छ जुनेली छ रात
आज बिन्ती नगरिस्योस् झगडाको बात
झगडाको बात
माघ जाँदो फागुन लाग्दो नशालु छ बेला
माघ जाँदो फागुन लाग्दो नशालु छ बेला
चारैतिर लागेको छ फूलैफूलको मेला
थोरै थोरै चढेको छ मलाई पनि मात
हामी दुई छौ एकान्त छ जुनेली छ रात
आज बिन्ती नगरिस्योस् झगडाको बात
झगडाको बात
झगडाको बात
शब्दः काली प्रसाद रिजाल
सङ्गीतः सुपेश अधिकारी
स्वरः सङ्गीता प्रधान राणा