मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर बिहानी जस्तो
माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको अर्को राम्रो एक भेष मात्र नै हो
एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो
मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिश नगर
तिमी हावालाई सद्भाव दिने कोशिश नगर
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
मान्छेको माया यहाँ
आँखाको नानी जस्तो
खोलाको पानी जस्तो
यो रात फकाई आउने
किनारालाई छोई भाग्ने
सुन्दर बिहानी जस्तो
लहरेको बानी जस्तो
शब्दः राममान तृषित
सङ्गीत: शिव शंकर मानन्धर
स्वरः नारायण गोपाल र ज्ञानु राणा