मनै मेरो चङ्गा भो चङ्गा भो
मनै मेरो चङ्गा भो चङ्गा भो
तिम्लाई देखेर
थकान मेरा सारा त्यो मेटियो
तिम्लाई भेटेर
तिम्लाई भेटेर
आँखा मेरो लाजले झुकि गो
आँखा मेरो लाजले झुकि गो
तिम्लाई देखेर
लाग्यो मनको तिर्सना मेटियो
तिम्लाई भेटेर
तिम्लाई भेटेर
मनै मेरो चङ्गा भो चङ्गा भो
सिरानैमा तिम्रो घर आधा रातमा ब्युँझिँदा
टुकीसँगै तिमीले लाग्छ हेऱ्यौ सम्झिँदा
सिरानैमा तिम्रो घर आधा रातमा ब्युँझिँदा
टुकीसँगै तिमीले लाग्छ हेऱ्यौ सम्झिँदा
सपनीमा माग्छौ हात, ब्युँझिँदा म हुन्न साथ
निद्रा फेरि पर्दैन, खोजी र’न्छ तिम्रै काख
सिरानीमा फोटो त्यो राखन
सिरानीमा फोटो त्यो राखन
मलाई सम्झेर
छाइदिन्छु निदरी आँखामा
निदै बनेर
निदै बनेर
मनै मेरो चङ्गा भो चङ्गा भो
भन्छन् सङ्गी साराले परदेशीको हुन्न भर
मनै त हो कहिलेकाहीँ लागि र’न्छ साह्रै डर
भन्छन् सङ्गी साराले परदेशीको हुन्न भर
मनै त हो कहिलेकाहीँ लागि र’न्छ साह्रै डर
शङ्का धेरै नगर तिमीलाई छोडेर
बाँच्न कहाँ सक्छु र एक्लै साइनो तोडेर
लर्के जोवन तिम्रै भो तिम्रै भो
लऊ है सम्हाल
खाएँ कसम जुनीभर नछोड्ने
तिम्लाई भनेर
तिम्लाई भनेर
मनै मेरो चङ्गा भो चङ्गा भो
तिम्लाई देखेर
थकान मेरा सारा त्यो मेटियो
तिम्लाई भेटेर
तिम्लाई भेटेर
मनै मेरो चङ्गा भो चङ्गा भो
शब्दः वसन्त थापा
संगीतः रोशन लामा
स्वरः उदय सोताङ र मनिला सोताङ