म दीन दुःखी अनाथ प्रभु
ममाथि दयाको भिक्षा देऊ
ममाथि दयाको सागर भई
मेरो जीवन नाउ उतारिदेऊ
म दीन दुःखी अनाथ प्रभु
भर छैन कसैको तिम्रो सिवाय
अब लौन बताऊ के छ उपाय
भर छैन कसैको तिम्रो सिवाय
अब लौन बताऊ के छ उपाय
जति छन् मतलबको दुनियाँ
जति छन् मतलबको दुनियाँ
सबै स्वार्थ मात्र खोज्छन् यहाँ
म दीन दुःखी अनाथ प्रभु
ममाथि दयाको भिक्षा देऊ
ममाथि दयाको सागर भई
मेरो जीवन नाउ उतारिदेऊ
म दीन दुःखी अनाथ प्रभु
बल छैन म निर्बल अबला हुँ
तिमीलाई मात्रै पुकार्न सकुँ
बल छैन म निर्बल अबला हुँ
तिमीलाई मात्रै पुकार्न सकुँ
मेरो मनमा सदा तिमी आईरहु
मेरो मनमा सदा तिमी आईरहु
तन मन तिमीलाई चढाउन सकुँ
म दीन दुःखी अनाथ प्रभु
ममाथि दयाको भिक्षा देऊ
ममाथि दयाको सागर भई
मेरो जीवन नाउ उतारिदेऊ
म दीन दुःखी अनाथ प्रभु
शब्दः
संगीतः
स्वरः फत्तेमान राजभण्डारी