मलाई तिम्रो मुस्कान हैन, तिमी नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ
मलाई तिम्रो मुस्कान हैन, तिमी नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ
सुखमा मलाई रमाउने साथीले मात्र पुग्दैन
सुखमा मलाई रमाउने साथीले मात्र पुग्दैन
दुःखमा हात समाउने कोही नभई हुँदैन
मलाई तिम्रो इशारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ
तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एक मुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छायाँ त हैन माया नै चाहिन्छ
केवल यौवन हैन, जीवन नै चाहिन्छ
जीवन नै चाहिन्छ, जीवन नै चाहिन्छ
शब्दः किरण खरेल
संगीत/स्वरः शिवशंकर मानन्धर