मलाई पनि सोच्न दिनु नहोस् पछि मेरै कसुर
माया लाउने जस्तो कुरा सानो तिनो होइन हजुर हजुर हजुर
मलाई पनि सोच्न दिनु नहोस् पछि मेरै कसुर
माया लाउने जस्तो कुरा सानो तिनो होइन हजुर हजुर हजुर
दिलमा आउन मेरो दिलले मान्न पनि जरूरी छ
हजुर कस्तो मान्छे मलाई जान्न पनि जरूरी छ
झुटै झुटको दुनियामा मलाई माया गर्छु भन्ने
कसको कुरा साँचो रैछ छान्न पनि जरूरी छ
मलाई पनि सोच्न दिनु नहोस् पछि मेरै कसुर
माया लाउने जस्तो कुरा सानो तिनो होइन हजुर हजुर हजुर
साँचो माया एकैचोटी मात्र लाइन्छ जिन्दगीमा
नसोचेर प्रीति गाँस्ने रुनु पर्छ हरघडीमा
साँचो भनुँ हजुरलाई चिनेको नै आज न हो
यति चाँडै कसो गरी आउने हो ढुक्ढुकीमा
मलाई पनि सोच्न दिनु नहोस् पछि मेरै कसुर
माया लाउने जस्तो कुरा सानो तिनो होइन हजुर हजुर हजुर
शब्द/संगीतः राममान तृषित
स्वरः बाबा राणा