मलाई माया गर्ने मान्छे
तिमीलाई अरू के दिऊँ म?
मलाई माया गर्ने मान्छ
तिमीलाई अरू के दिऊँ म?
मेरा सारा खुशी तिमीलाई
मेरा बाँच्ने उमेर तिमीलाई
मलाई माया गर्ने मान्छे
तिमीलाई अरू के दिऊँ म?
तिम्रो शीरमा घाम चर्के
बादल भई फैलिदिउँला
तिम्रो शीरमा घाम चर्के
बादल भई फैलिदिउँला
तिम्रो पाउँमा काँडा बिझे
हिर्दयले झिकिदिउँला
यी आँखाका ज्योति तिमीलाई
मेरा सपना विपना तिमीलाई
मलाई माया गर्ने मान्छे
तिमीलाई अरू के दिऊँ म?
तिमीलाई पीर पर्दा
मेरो आँशु रोइरहुँला
तिमीलाई पीर पर्दा
मेरो आँशु रोइरहुँला
तिमी जहाँ भए पनि हेर
छायाँ बन्दै छोइरहुँला
मेरो हाँसो आँशु तिमीलाई
मेरो सिङ्गै जीवन तिमीलाई
मलाई माया गर्ने मान्छे
तिमीलाई अरू के दिऊँ म?
मलाई माया गर्ने मान्छे
शब्दः किरण खरेल
संगीतः नातिकाजी
स्वरः तारा देवी