मलाई आँखैमा बसाउनु पर्दैन है
मेरो मायालाई नबिर्से पुगिहाल्छ
मलाई आफ्नै बनाउनुमा कर छैन
मलाई बिरानो नसम्झे पुगिहाल्छ
मलाई आँखैमा बसाउनु पर्दैन है
मेरो मायालाई नबिर्से पुगिहाल्छ
दुई दिने जोवन ढल्केर जाई जान्छ
एउटै मायाले जीवनलाई साथ दिन्छ
दुई दिने जोवन ढल्केर जाई जान्छ
एउटै मायाले जीवनलाई साथ दिन्छ
एउटा दाउराले आगो कहाँ जल्छ
दुईटै मन मिले घरबार सप्रिन्छ
मलाई गरगहना ल्याई दिनु पर्दैन है
मायाले एउटै फूल सिउरिए पुगिहाल्छ
मलाई आफ्नै बनाउनुमा कर छैन
मलाई बिरानो नसम्झे पुगिहाल्छ
मलाई आँखैमा बसाउनु पर्दैन है
मेरो मायालाई नबिर्से पुगिहाल्छ
घरकै आँगन संसारभन्दा ठुलो छ
मनकै माया आकाशभन्दा गहिरो छ
घरकै आँगन संसारभन्दा ठुलो छ
मनकै माया आकाशभन्दा गहिरो छ
मेवा मिष्ठान् खानै पर्ने कर छैन
सन्तोकी मनलाई सागपात नै मीठो छ
मलाई रेशमले सिङ्गार्नु पर्दैन है
सिउँदोमा सिन्दुर सुहाए पुगिहाल्छ
मलाई आफ्नै बनाउनुमा कर छैन
मलाई बिरानो नसम्झे पुगिहाल्छ
मलाई आँखैमा बसाउनु पर्दैन है
मेरो मायालाई नबिर्से पुगिहाल्छ
शब्दः
सङ्गीतः
स्वरः अरूणा लामा