मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
यस्तो पनि त समय थियो म पनि कसैको थिएँ
यस्तो पनि त समय थियो म पनि कसैको थिएँ
मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
शुरु शुरु थोरै पिएँ कसैलाई भुल्न पिएँ
शुरु शुरु थोरै पिएँ कसैलाई भुल्न पिएँ
पछि पछि कति पिएँ बेहोशीमै झुम्न पिएँ
पछि पछि कति पिएँ बेहोशीमै झुम्न पिएँ
एक्लै पिएँ बेग्लै पिएँ थकाईमा आफ्ना पिएँ
विश्वासले चोट पार्दा आफैसँग भाग्न पिएँ
मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
साँझ पिएँ, रात पिएँ जीवनसँग हार्न पिएँ
साँझ पिएँ, रात पिएँ जीवनसँग हार्न पिएँ
हुँदा हुँदा यस्तो भयो आफैलाई मार्न पिएँ
हुँदा हुँदा यस्तो भयो आफैलाई मार्न पिएँ
कहिलेकाहीँ सोच्ने गर्छु यस्तो बाटो किन हिँडेँ
कहिलेकाहीँ सोच्ने गर्छु यस्तो बाटो किन हिँडेँ
जसले गर्दा मरेँ आज उसकै नाममा शहीद भएँ
मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
यस्तो पनि त समय थियो म पनि कसैको थिएँ
यस्तो पनि त समय थियो म पनि कसैको थिएँ
मैले रोएँ धेरै पिएँ आफ्ना सारा खुशी पिएँ
शब्दः यादव खरेल
संगीत/स्वरः फत्तेमान राजभण्डारी