मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
मैले बाचा खाएको छैन
भारी बिसाई पर्खेर बसेछ
मैले पिरती लाएको छैन
साँगुरीको अकेलोपनमा दुमसीझै यो मन डुलाइनँ
साँगुरीको अकेलोपनमा दुमसीझै यो मन डुलाइनँ
पर्खि मैले बसेको होइन, मैले उसलाई देख्न नै पाइनँ
बादलको छहारी मुनि मैले फेरि भेटेको छइन
छोडी जाने परदेशीलाई आँट गरी बोलाउन सकिनँ
मैले पिरती लाएको छैन
नदीबीच बगेको खोला सागरमा विश्राम लिने छ
नदीबीच बगेको खोला सागरमा विश्राम लिने छ
सम्झनालाई कुल्चेर जाने बाटो भुलि फर्केर आउने छ
झ्यालबाट अँध्यारो च्यायो तारा बुट्टे छहारी मुन्तिर
केहीछिनमा फर्केर आई भारी बिसाई जाने छ कुन्तिर
मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
मैले बाचा खाएको छैन
भारी बिसाई पर्खेर बसेछ
मैले पिरती लाएको छैन
बिमलीले के बोली गएछ
बिमलीले के बोली गएछ
शब्दः गोविन्द प्रसाद
संगीतः कल्याण रिमाल
स्वरः बिजु रिमाल