मैले जानिनँ कि कसो
प्रीति गाँस्न माया साँच्न
उसलाई धेरै धेरै माया गर्न
मैले जानिनँ कि कसो
मीठा मीठा कुरा ऊ भन्थे मलाई
हो कि होइन भनि ऊ सोध्थे मलाई
मीठा मीठा कुरा ऊ भन्थे मलाई
हो कि होइन भनि ऊ सोध्थे मलाई
म लजाएर हाँसी दिन्थे
म लजाएर हाँसी दिन्थेँ
मनबाट नै साँचो हो भन्थे
मैले जानिनँ कि कसो
उसको मेरो जीवन अति सुन्दर थियो
माया प्रीतिमा हाम्रो लक्ष्य एउटै थियो
उसको मेरो जीवन अति सुन्दर थियो
माया प्रीतिमा हाम्रो लक्ष्य एउटै थियो
म उसलाई मेरो सौभाग्य सम्झी
उसका जम्मै कुरा मानी दिन्थेँ
मैले जानिनँ कि कसो
प्रीति गाँस्न माया साँच्न
उसलाई धेरै धेरै माया गर्न
मैले जानिनँ कि कसो
शब्द/संगीतः गगन गुरूङ
स्वरः रीमा गुरूङ होडा