मैले हार्न खोजेर हार्नै सकिनँ
जित्न खोजेर के गरूँ
सम्हाल्न खोजेर सम्हाल्नै सकिनँ
अधिर भएर के गरूँ
मैले हार्न खोजेर
आशा गरेर बसूँ त
तिमी धर्ती म आकाश
आशा गरेर बसूँ त
तिमी धर्ती म आकाश
निराश भएर छोडी दिऊँ त
तिमी संगीत म साज
निराश भएर छोडी दिऊँ त
तिमी संगीत म साज
मैले भन्न खोजेर भन्नै सकिनँ
मौन रहेर के गरूँ
सम्हाल्न खोजेर सम्हाल्नै सकिनँ
अधिर भएर के गरूँ
मैले हार्न खोजेर
माया गरेर बसूँ त
तिमी चिसो म उड्दो बाफ
माया गरेर बसूँ त
तिमी चिसो म उड्दो बाफ
हेला गरेर छोडी दिऊँ त
तिमी सौन्दर्य म मधुमास
हेला गरेर छोडी दिऊँ त
तिमी सौन्दर्य म मधुमास
मैले भन्न खोजेर भन्नै सकिनँ
मौन रहेर के गरूँ
सम्हाल्न खोजेर सम्हाल्नै सकिनँ
अधिर भएर के गरूँ
मैले हार्न खोजेर
शब्दः केशर बिष्ट
संगीत/स्वरः दीप श्रेष्ठ