मदिरा पिऊँ त…………

मदिरा पिऊँ त के पिऊँ विष पिउने आँट भएन
मदिरा पिऊँ त के पिऊँ विष पिउने आँट भएन
बेहोश नभइ एक क्षण पनि बाँच्ने आँट भएन
मदिरा पिऊँ त के पिऊँ विष पिउने आँट भएन

रहरले हैन उनकै यादले मलाई पिलाउँछ, पिलाउँछ
रहरले हैन उनकै यादले मलाई पिलाउँछ
उनले गरेको विश्वासघातले मलाई पिलाउँछ
रहरले हैन उनकै यादले मलाई पिलाउँछ
उनले गरेको विश्वासघातले मलाई पिलाउँछ
यति मात्र हैन हर दिल रातले मलाई पिलाउँछ
यति घाउ छन् कि मनमा कहीँ सिउने आँट भएन
मदिरा नपिऊँ त के पिऊँ विष पिउने आँट भएन
बेहोश नभइ एक क्षण पनि बाँच्ने आँट भएन
मदिरा नपिऊँ त के पिऊँ

अब त लौ कसैले साथ दिने आश भएन
अब त लौ कसैले साथ दिने आश भएन
प्याला समाउने हातमा हात दिने आश भएन
वसन्तले फूल त के पात दिने आश भएन
यति पीर छन् कि होशमा अब रुने आँट भएन
मदिरा पिऊँ त के पिऊँ विष पिउने आँट भएन
बेहोश नभइ एक क्षण पनि बाँच्ने आँट भएन
मदिरा पिऊँ त के पिऊँ विष पिउने आँट भएन

शब्दः राममान तृषित
सङ्गीत/स्वरः फत्तेमान राजभण्डारी

In this post:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

More Posts
बिहीबार, भाद्र २५, २०८३
आएन नीद रातभर…….
बुधबार, भाद्र २४, २०८३
मैना ए मैना……….
मंगलवार, भाद्र १६, २०८३
नरोएर के पाएँ?…..
सोमबार, भाद्र १५, २०८३
देउरालीको पाखामा……
सोमबार, भाद्र १५, २०८३
फूलको पातमा……..
सोमबार, भाद्र १५, २०८३
क्या राम्रो मालचरा…….
Archives
Categories
Recent Posts
आएन नीद रातभर…….
बिहीबार, भाद्र २५, २०८३
मैना ए मैना……….
बुधबार, भाद्र २४, २०८३
नरोएर के पाएँ?…..
मंगलवार, भाद्र १६, २०८३
error: Content is protected !!