माछी मार्न जाऊँन दाजै कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
छेकी बारी दुवाली महाकालीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
वनको काँडाले कहिले नि कोरेन फलामे काँडाको तार अहिले
वनको काँडाले कहिले नि कोरेन फलामे काँडाको तार अहिले
मनपरी हैन, गाँठे, हाम्रो पानीमा
मनपरी हैन, गाँठे, हाम्रो पानीमा
आलै छ घाउ अठारको नालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
नेपाली, खै, कुरा बुझेको
मनपरी जनसङ्ख्या बढेको?
नेपाली, खै, कुरा बुझेको
मनपरी जनसङ्ख्या बढेको?
लाहुरको नोकरीको भर छैन
लाहुरको नोकरीको भर छैन
फर्केर आउँदा घर छैन
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
थुनिदेऊ नचाहिने ढोका
स्वदेशी हो, कम्मरै कस
थुनिदेऊ नचाहिने ढोका
स्वदेशी हो, कम्मरै कस
मेला भर्न जाऊँन, दाजै, मेची बगर
मेला भर्न जाऊँन, दाजै, मेची बगर
पशुपति नगर, जङ्गे पिलर
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
माछी मार्न जाऊँन, दाजै, कालापानीमा
शब्द/संगीतः विजय श्रेष्ठ
स्वरः जे. पापी, रीता उपाध्याय, विधान श्रेष्ठ