म शब्द छरेर माया रोप्ने छु
म शब्द छरेर माया रोप्ने छु
तिमी माया टिपेर सङ्गीत गर, सङ्गीत गर
म इन्द्रेणी हेरेर
म इन्द्रेणी हेरेर प्रीति कोर्नेछु
तिमी प्रीति लिएर रङ्ग भर, रङ्ग भर
म सरगम बनेर चाहना गुञ्जाउँला
तिमी चाहना समेटेर मीठो सुर देऊ
म सरगम बनेर चाहना गुञ्जाउँला
तिमी चाहना समेटेर मीठो सुर देऊ
म आकाश बनेर सपना फिजाउँला
म आकाश बनेर सपना फिजाउँला
तिमी सपना उनेर साकारता देऊ
तिमी सपना उनेर साकारता देऊ
म शब्द छरेर माया रोप्ने छु
तिमी माया टिपेर सङ्गीत गर, सङ्गीत गर
म स्पन्दन बनेर भावना फुलाउँछु
तिमी भावना टिपेर माला गाँसिदेऊ
म स्पन्दन बनेर भावना फुलाउँछु
तिमी भावना टिपेर माला गाँसिदेऊ
म सम्झना पनि तिमीलाई पछ्याउँछु
म सम्झना पनि तिमीलाई पछ्याउँछु
तिमी प्राप्ति सम्झेर भेटाउने गर
तिमी प्राप्ति सम्झेर भेटाउने गर
म शब्द छरेर माया रोप्ने छु
म शब्द छरेर माया रोप्ने छु
तिमी माया टिपेर सङ्गीत गर, सङ्गीत गर
म इन्द्रेणी हेरेर
म इन्द्रेणी हेरेर प्रीति कोर्नेछु
तिमी प्रीति लिएर रङ्ग भर, रङ्ग भर
शब्दः प्रतीमा श्रेष्ठ
सङ्गीत: टीका भण्डारी
स्वरः दिपक खरेल