म सम्झन्थेँ मलाई मात्रै हो कि प्रीति बिझाएको
तिम्रै पनि उही कथा व्यथा आखिर उस्तै सुन्छु
तीता मीठा सारा कुराहरू भुल्न मेरी मायालु
साह्रो रै’छ प्रीति कथा हो… भुल्न मेरी मायालु
मेरो लागि तिम्रो दिलमा दिल अड्ने छतै छतै भएन
तिम्रो लागि मूर्ति बनेँ सास फेर्ने मानिस मानिसै भइनँ
ढिला भइगो कि तिम्रो छेऊमा अब के बस्नु भन्दा
भलो सम्झी वेगै मारेँ, के भूल यसमा
भन है भन मायालु
साह्रो रै’छ प्रीति कथा हो… भुल्न मेरी मायालु
मैले पनि तिमीलाई उस्तै सम्झी माया माया गरेथेँ
तिम्रा लागि कति बाधा, कति अड्चन पर पर सारेथेँ
मेरो पनि मुटु नै हो, बिछोडिँदा दुख्ने नै भो
शीतल खोज्दै डुली हिँडेँ, के भूल मेरो
भन है भन मायालु
साह्रो रै’छ प्रीति कथा हो… भुल्न मेरी मायालु
भुल्न मेरी मायालु
भुल्न मेरी मायालु
शब्दः कृष्ण सिटौला
संगीतः प्रकाश गुरूङ
स्वरः ओम विक्रम बिष्ट