म पत्थरको देवता होइन तोडिएर जोडिने
न म त्यो देव हुँ सधैँ बाँची रहने
न म त्यो देव हुँ सधैँ बाँची रहने
म पत्थरको देवता होइन तोडिएर जोडिने
मानवता मैले बिर्सिदेको छुइन
कमजोरीमा तिम्रो म मरिदेको होइन
हत्या गर्न कसैको जानेको छुइन
हत्या गर्न कसैको जानेको छुइन
आत्मालाई तिम्रो म ठुकुराउने छैन
म पत्थरको देवता होइन तोडिएर जोडिने
चाहेर तिमीलाई पाइनँ मैले
सबलाई रिझाउन चाहेको होइन
जिन्दगीको रीत यस्तै छ
जिन्दगीको रीत यस्तै छ
मायामा तिम्रो भुल्ने छैन
म पत्थरको देवता होइन तोडिएर जोडिने
न म त्यो देव हुँ सधैँ बाँची रहने
न म त्यो देव हुँ सधैँ बाँची रहने
म पत्थरको देवता होइन तोडिएर जोडिने
शब्दः विजय श्रेष्ठ
संगीत/स्वरः दीप श्रेष्ठ