म पनि त कुनै आशमा अल्झिदिएछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
म पनि त कुनै आशमा
किनाराले नदीको साथ भेटे जस्तै
किनाराले नदीको साथ भेटे जस्तै
पहाडले आकाशको छाती पाए जस्तै
जूनले पूर्णिमाको तेज भेटे जस्तै
म पनि त कुनै भावमा बल्झी दिएछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
म पनि त कुनै आशमा
कलमले मसीको रंग पाए जस्तै
कलमले मसीको रंग पाए जस्तै
कविताले कविको भाका भेटे जस्तै
धर्तीले बर्षाको पानी पाए जस्तै
म पनि त कुनै प्यासमा सल्कीरहेछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
हिँड्दा हिँड्दै बाटो बीच अल्मलिएछु
म पनि त कुनै आशमा
शब्दः कोमल पाण्डे
सङ्गीतः शक्ति बल्लभ
स्वरः प्रकाश श्रेष्ठ